थाइ नरेशले नेपाललाई कोरोनाविरुद्द स्वास्थ्य सामाग्री पठाए

A notice in Nepali from Mechinagar Ward No. 10

कोरोना महामारीको जोखिममा रहेको नेपाललाई विभिन्न देशहरुले सहयोग गर्ने क्रम बढेको छ । यसैबीच थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएका छन्।

राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएका हुन्।

स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।

विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए।

थाइल्यान्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन्।

स्वास्थ्य सामग्रीको लागि मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाई नरेशलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.