काठमाडौं,जेठ १८ । चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको जहाले मंगलबार(आज) दिउँसो बेइजिङबाट उक्त खोप काठमाडौं ल्याएको हो।
खोप लिनका लागि जहाज सोमबार राति चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज ल्याइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मे मा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको हो।

























