नेपाल सह—सभापतिमा मनोनयन

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २१ जेठ । कृषिका क्षेत्रबाट आफूलाई उत्कृष्ट  व्यवसायीका रुपमा पहिचान बनाउन सफल युवा उद्यमी व्यवसायी रविचन्द्र नेपाललाई नेपाल उद्योग वाणिज्य महासघ प्रदेश नम्बर १ ले विषयगत समिति कृषि उद्यम केन्द्र प्रदेश समितिको सह—सभापतिमा मनोनयन गरेको छ । कृषि उद्यम केन्द्र प्रदेश समितिको सभापति प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तथा टिकाराज ढकाल हुनुहुन्छ ।

झापा मेचीनगर—४ बाहुनडाँगी निवासी नेपाल चिया, मरिज, कागती, सुपारी तेजपत्ता लगायतका व्यवसायिक खेतीमा क्रियाशील हुनुहुन्छ । उहाँ कृषक सहित उद्यमी पनि हुनुहुन्छ । उहाँको, सुपारी प्रशोधन केन्द्र चियाको कारखाना, मरिज तेजपत्ता कागती प्याकेजिङ्ग उद्योग सञ्चालन गदैं आउनुभएको छ ।


नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आर्थिक गतिविधिलाई सक्रिय बनाउन सवै व्यवसायीहरुको हकहितका साथै संघीय प्रदेश र स्थानीय सरकार तथा सरोकारवालाहरुसँग समन्वय गरी काम गर्न विषयगत समिति गठन गरी कृषि उद्यम केन्द्र प्रदेश समितिको सहसभापतिमा मनोनयन गरिएको उहाँका पत्रका उल्लेख छ ।


प्रदेश उद्योग वाणिज्य महासंघलाई सशक्त बनाउन नेपालको राय, सुझाव र सल्लाह महत्वपूर्ण हुने र गतिविधिहरु क्रियाशील बनाउने कार्यमा पूर्ण सहयोग मिल्ने विश्वास लिइएको छ । प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तथा कृषि उद्यम केन्द्र प्रदेश समितिको सभापति टिकाराज ढकाललाई पत्रको बोधार्थ दिईएको छ ।

वहाँ नेपाल मेची उद्योग वाणिज्य संघ मेचीनगरका सचिव समेत हुनुहुन्छ । नेपाल स्वच्छ छवि र व्यवसायिक कृषक तथा उद्योगीका रुपमा चिरपरिचित हुनुहुन्छ । उहाँ सामाजिकक्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.