मेची प्रादेशिक अस्पताल भद्रपुरलाई लाखौंको कीट प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २१ जेठ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा पीसीआर परीक्षणका लागि कीट अभाव भइरहेका बखत झापा र मोरङ्ग सहितका १० वटा रोटरी क्लबले लाखौं रुपैयाँको कीट उपलब्ध गराएका छन् । क्लबका तर्फबाट रोटरी कल्ब वर्ष २०२१–२२ का एजी अमोद आचार्यले अस्पताल सञ्चालक समितिका अध्यक्ष मेची अध्यक्ष – सोमनाथ पोर्तेललाई प्रदान गर्नुभएको थियो ।


रोटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ भद्रपुर , रोटरी क्लब अफ दमक ,रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ सुरुङ्गा, रोटरी क्लब अफ उर्लाबारी , रोटरी क्लब अफ बिराटनगर , रोटरी क्लब अफ बिराटनगर मिडटाउन र रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले पाँच लाख रुपैयाँ मुल्य बराबरको ५ सय थान कीट उपलब्ध गराएको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त (नवराज) खनियाँले जानकारी दिनुभयो ।


रोटरी क्लब अफ काँकरभिट्टाका प्रेसिडेन्ट इलेक्ट सुजन प्रधानले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड प्रेसिडेन्ट निमोनि नबिन घटानीले बोल्नुभएको थियो । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन अध्यक्ष प्रशान्त भण्डारीले स्वागत गर्नुभएको कीट हस्तान्तरण कार्यक्रममा धन्यवाद ज्ञापन रोटरी क्लब अफ सुरुङ्गा अध्यक्ष टिका कट्टेलले गनुभएको थियो ।


गत बर्ष रोटरीहरु द्वारा अस्पताललाई प्रदान गरिएको पीसीआर मेसिन कीटको अभावले बन्द भएको र त्यसलाई पुन: सञ्चालन गर्नका लागि कीट हस्तान्तरण गरिएको र अस्पतालले आगामी दिन हरुमा आफै कीट खरिद पीसीआर परीक्षण लाई निरन्तर ता दिने बताइएको छ । यो मेसिनले २ घण्टामा नै रिपोर्ट दिनसक्छ । त्यसैले यसको महत्व आहिलेको स्वस्थ संकटमा अत्यधिक रहेको रोटरी क्लब अफ काँकरभिट्टाका सचिव उदयकुमार श्रेष्ठले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.