जसपाबाट उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री, आजै शपथ

A notice in Nepali from Mechinagar Ward No. 10

२१ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्‍ने पक्का भएको छ । जसपाका नेता केशव झाका अनुसार आजै (शुक्रबार) साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफलमा उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री जसपाबाट मन्त्रिपरिषद्‌मा समेट्ने सहमति भएको हो ।

जसपा नेता राजेन्द्र महतो उपप्रधान सहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्ने छन् ।

यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नेता इकबाल मियाँले जानकारी दिए । उनका अनुसार नयाँ मन्त्रीहरुलाई साँझ शपथका लागि तयार हुन भनिएको छ ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.