२२ जेठ, काठमाडौं : नेपाल चिकित्सक संघले फ्रन्टलाइनमा खटिएका करिब १२ हजार स्वास्थ्यकर्मीहरुलाई ‘क्रिटिकल कियर’ सम्बन्धि तालिम दिएको छ।
‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स कोभिड १९’ नाम दिइएको सो तालिममा मेडिसिन अफ नेपाल(सिमोन) , सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको सहयोग गरेको संघले जनाएको छ।
जेष्ठ १३ गतेबाट सुरू भएको तालिम शनिबार समाप्त भएको हाे। महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने? बारे तालिम दिइएको छ।
संघका अनुसार ५ ब्याचलाई १० दिनसम्म कोरोना संक्रमितको बिरामीहरूको अक्सिजन र उपचार, रोकथाम तथा नियन्त्रण आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरणहरूको बारेमा तालिम दिइएको थियो।
११ हजार ६ सय ७८ जना फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले क्रिटिकल कियरको तालिम लिएका थिए। जसमध्ये ४१ प्रतिशत चिकित्सक, ४२ प्रतिशत नर्स र १५ प्रतिशत पारामेडिक्सहरू सहभागी थिए।


























