आजदेखि लागू हुने गरी दुधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढ्यो

A notice in Nepali from Mechinagar Ward No. 10

२८ माघ, काठमाडौँ : दुग्ध विकास संस्थान (डिडिसी)ले दुधको उपभोक्ता मूल्य बढाएको छ। यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ हुने भएको छ।

डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ मूल्य कायम हुनेछ।

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो। बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई ४८ पैसा उद्योगीले पाउनेछन्।

यस्तै पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दुधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ। काठमाडौंमा यस्तो दुधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ। विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ।

डिडिसीले बिक्री गर्ने गाईको दुध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ। अब यस्तो दुधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो।

त्यसअघि किसानले बेच्ने दुधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दुधको मूल्य आजदेखि लागू हुने डिडिसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.