विर्तामोडका कृषकहरुले पाए उन्नतजातका बोका तथा कृषि सामाग्री

A notice in Nepali from Mechinagar Ward No. 10

१८ असार, झापा : बिर्तामोड नगरपालिकाले कृषकहरुको लागि व्याडको वोयर जातका बोका, कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका विच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समुहहरुलाई बोयर जातका बोका, कृषि औजार तथा साइलेज मेसिन वितरण गरीएको हो ।
नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७–०७८ को स्वीकृत कार्यक्रम अनुसार श्रीजंघा बाख्रा पालन समुह बिर्तामोड–७, लखिबारी युवा बाख्रापालन कृषक समुह बिर्तामोड–९, बद्रीवाडी बाख्रापालन कृषक समुह बिर्तामोड–९ र नयाँ नमुना बाख्रापालन कृषक समुह बिर्तामोड –८ लाई बोका वितरण गरीएको हो ।
यसैगरी सोही कार्यक्रम अन्तर्गत बिर्तामोड कृषि तथा पशुपालन समुह बिर्तामोड–७ लाई साइलेज मेशीन हारवेस्टर हस्तान्तरण गरीएको छ । व्यवसायिक कृषकहरुको लागि पशु आहार व्यवस्थापन गर्ने उदेश्यले १० लाख ५० हजार रुपैयाँ मुल्य बराबरको मेशिन हस्तान्तरण गरिएको हो । जसमा नगरपालिकाको ८० प्रतिशत र बिर्तामोड कृषि तथा पशुपालन समुह समुहको २० प्रतिशत लगानी रहेको छ ।


यस्तै नगरपालिकाले १० वटै वडाका ४४ जना कृषकहरुको लागि च्यापकटर (कुटी काट्ने मेशिन) वितरण गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा यो मेशिन वितरण गरिएको हो । यस्तै नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यवसायिक कृषकहरुको लागि स्पेयर ट्याँकी, अर्गानिक विषादी लगायतका विभिन्न सामाग्रीहरु समेत वितरण गरेको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख धुर्वकुमार शिवाकोटीले सहयोगी संस्था सहारा नेपाल प्रति धन्यवाद ज्ञापन गर्नुभयो । सहारा नेपाल कृषक तथा विपन्नहरुको लागि सहारा बनेको भन्दै उहाँले आगामी आर्थिक वर्षमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाएकोमा सहारा नेपाल प्रति उच्च सम्मान व्यक्त गर्नुभयो । नगरप्रमुख शिवाकोटीले आगामी आर्थिक वर्षमा वितरण गरीने कृषि औजार तथा सामाग्री वितरण कार्यक्रमलाई मंसीर १५ गते अगाडि नै सक्न पनि पशुपंक्षी तथा मत्स्य विकास र कृषि विकास शाखालाई निर्देशन दिनु भयो ।

यस्तै उपप्रमुख पवित्रा महतरा प्रसाईले विगतका वर्षहरु देखि नै कृषि, पशुपालन तथा जनता आवास कार्यक्रममा सहारा नेपालसँंगको साझेदारीमा कार्यक्रम भईरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कृषिको क्षेत्रलाई विकास गर्न सके मात्रै देश अगाडि बढ्ने भन्दै कृषकहरुलाई नगरले दिएको सामाग्री सदुपयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले पनि नगरपालिकाको कार्यक्रममा सहारा नेपालले गरेको सहयोग प्रति आभार व्यक्त गर्नु भयो । उहाँले कृषि र पशु पालनको क्षेत्रको बढोत्तरी गर्नको निमित्त सहारा नेपालको सहयोग रहेको भएको भन्दै आगामी आर्थिक वर्ष २०७८–०७९ को लागि पनि सहकार्य गर्ने दृढता रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत दाहालले कृषि र पशु देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै यस क्षेत्रलाई व्यवसायिक बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहयोगी संस्था सहारा नेपाल साकोसका सहसचिव ज्ञानुनाथ मैनालीले कार्यक्रम सफल हुनुमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले मेहेनत गरेको बताउनु भयो । उहाँले नगरपालिकासँंग सहारा नेपालको टिम पनि संँगसंँगै लागेर विपन्न वर्गका ग्रामीण क्षेत्रमा रहेका किसानहरुलाई थोरै भएपनि राहत पुगोस् र उत्पादन मुलक काममा वृद्वि होस् भन्ने अभिप्रायले विगत देखि अहिलेसम्म गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा बिर्तामोड ९ की वडा अध्यक्ष पवित्रा पाठक, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत देवराज कार्की, कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरीया, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, प्राविधिक विष्णुप्रसाद भट्टराई, सहारा नेपाल साकोसका शंकर रिजाल लगायत जनप्रतिनिधि तथा कृषकहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.