गंगा बराल
१५ असार, भद्रपुर: झापाको भद्रपुरमा सामुहिक रुपमा धान रोपेर मंगलबार १८ औं धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ ।
भद्रपुर नगरपालिकाको सहयोगमा किच्चकबध कृषि सहकारी संस्थाले मंगलबार विहान भद्रपुर–१ मा आयोजना गरेको कार्यक्रमका बीच दिवस मनाइएको हो । त्यहाँ झण्डै १० कठ्ठा जग्गामा रोपाइँ गरिएको थियो ।
संस्थाका अध्यक्ष बुद्धिप्रसाद खरेलको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, नेकपा (एमाले) भद्रपुर इञ्चार्ज असारु राजवंशी, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी लगायले धान रोप्नु भएको थियो ।

सो अवसरमा हिले दौड प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम राजेश निरौला, द्वितीय असारु राजवंशी र तृतीय अमर राजवंशी, महिलातर्फ प्रथम पूजा भण्डारी, द्वितीय इच्छा लिम्बू र तृतीय रिचु आचार्यलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका बीच सहभागीहरुलाई असार १५ को सगुन स्वरुप दही–चिउरा खुवाइएको अध्यक्ष खरेलले बताउनु भयो ।




















