आन्दोलनका नाममा लुटपाट र आगजनी भएपछि फिल्डमा उत्रियो सेना, अराजक गतिविधि गर्नेलाई नछोड्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : देशभर फैलिएको हिंसात्मक ‘जेन-जी’ आन्दोलनका क्रममा भइरहेको लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न नेपाली सेनाले चेतावनी दिएको छ। एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि देशको सम्पूर्ण सुरक्षाको जिम्मा आफ्नो हातमा लिएको जानकारी गराएको छ।

सेनाले आन्दोलनकारीको भेषमा केही समूहले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट गर्ने र आगजनीका घटनाहरू गराइरहेको भन्दै त्यस्ता गैरकानूनी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। सेनाद्वारा जारी सूचनामा भनिएको छ, “यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं।”

सेनाले राष्ट्र र नागरिकको सुरक्षाका लागि कुनै पनि कडा कदम चाल्न तयार रहेको स्पष्ट पारेको छ। हालको विषम परिस्थितिलाई सामान्य बनाउन र सुरक्षा व्यवस्था सुदृढ गर्न सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न पनि सेनाले अपिल गरेको छ।

यसअघि, सरकारले आन्दोलन नियन्त्रणमा लिन नसकेपछि काठमाडौँलगायतका केही क्षेत्रमा सेना परिचालन गरेको थियो। अहिले सुरक्षाको सम्पूर्ण जिम्मेवारी नै सेनाले लिएको जानकारी सार्वजनिक भएपछि आन्दोलनकारी र सरकार दुवै दबाबमा परेका छन्। आगामी दिनमा सुरक्षा स्थितिको मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.