स्थानीय गृहपृष्ठ स्थानीय नगरप्रमुख बुढाथोकीद्वारा प्रमुख प्रशासकीय अधिकृतको बजेट खर्च गर्ने अधिकारमाथि रोक

A notice in Nepali from Mechinagar Ward No. 10

२३ पौंष, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाका प्रमुखले नगरसभाबाट पारित भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृतको अधिकारमाथि रोक लगाउनु भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरसभाले पारित गरेको बजेट खर्च गर्ने प्रमुख प्रशासकीय अधिकृतको अधिकारलाई अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्नु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौंलागाईलाई पत्र लेख्दै नगरप्रमुख बुढाथोकीले बजेट खर्च गर्न दिईएको अख्तियारी अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उल्लेख गर्नु भएको छ । पुस १८ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई पुस २२ गते पत्र मार्फत अधिकार स्थगन गरिएको जानकारी गराएको नगरपालिकास्रोतले जनाएको छ ।

केही समयदेखि मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी तथा कर्मचारी र कर्मचारीबीच विवाद भइरहेको थियो । केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत चम्लागाईले नगरका सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीको अधिकार कटैती गर्नु भएको थियो । त्यसको केही दिनमा नगरप्रमुख बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईको अधिकार स्थगन गर्नु भएको छ । बिगतदेखि नै मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउने अधिकाशंको छोटो समयमा नै सरुवा हुने गरेको छ ।

हेर्नुहोस् पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.