कोरोना खोपबारे सर्वसाधारणबाट आउन सक्ने सामान्य जिज्ञाशाहरू

कोभिड-१९ विरूद्धको खोप अभियान

A notice in Nepali from Mechinagar Ward No. 10
The image shows an infographic about COVID-19 vaccination in Nepali. Two men are visible in the top corners: Dr. Krishna Sharma Oli and Dr. Hridesh Koirala. The infographic provides information about COVID-19 vaccination in 10 points, including the importance of vaccination, who should get vaccinated, and the safety of the vaccine.

१. के मैले कोभिड–१९ अर्थात् कोरोना भाइरस रोग विरुद्धको खोप लिन जरुरी छ? 
यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ। खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ। साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ। नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिस गरिएको छ।


२. कति छिटो हामीले यो खोप पाउँछौं?
सबै नेपालीलाई पुग्ने गरी खोपको परिमाण एकै पटक उपलब्ध हुन नसक्ने भएकोले यो खोप प्राथमिकताका आधारमा चरणबद्ध रुपमा सबैलाई क्रमशः दिइने छ। नेपालमा कोरोना भाइरस रोगको जोखिम, संक्रमितहरूमा भएको मृत्यु तथा सिकिस्त हुने दरको आधारमा खोप पाउने लक्षित समूहको प्राथमिकीकरण गरिएको हो। यो प्राथमिकीकरण विश्व स्वास्थ्य संगठनको सिफारिसको आधारमा पनि गरिएको हो।

पहिलो प्राथमिकतामा हाम्रो जीवन र स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, स्वास्थ्यकर्मीसहित स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई राखिएको छ। कोरोना भाइरस रोग संक्रमण हुने र अरुलाई पनि संक्रमित गराउने सक्ने जोखिम बढी हुने र स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा नै अवरुद्ध हुन गई हामी सबै स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएकोले पनि स्वास्थ्यकर्मीहरूलाई पहिलो प्राथमिकतामा राखिएको हो। उनीहरूसँगै एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापन गर्ने व्यक्तिहरू, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरू र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई यसै प्राथमिकतामा राखिएको छ ।

दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका महिला तथा पुरुषलाई राखिएको छ। यो उमेर समूहमा कोरोना भाइरस रोगको संक्रमण हुँदा मृत्युदर र जटिलता उच्च भएको देखिएको छ। साथै, ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोग भएका व्यक्तिहरूलाई पनि दोस्रो प्राथमिकतामा राखी यो खोप लगाइने छ। दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारहरूलाई पनि यसै चरणमा खोप लगाइने छ।

तेस्रो प्राथमिकतामा खोपको मात्रा उपलब्ध भएसँगै १८ वर्ष उमेर समूहभन्दा माथिका सबैलाई खोप सेवा प्रदान गरिने छ। १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भैरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइने छैन।


३. के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ? 
पर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरि यो संक्रमण हुनसक्ने हुनाले खोप लगाउनुपर्छ। संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ।


४. यो खोप कुन उमेर समूहलाई दिइन्छ? 
नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट नि:शुल्क दिइन्छ।


५. यो खोप लिएपछि फेरि कोरोना संक्रमण हुन्छ?
हुन सक्छ। यो खोप लिएपछि पनि केही व्यक्तिहरूमा कोरोना संक्रमण हुनसक्छ। तर खोप लिएपछि कोरोना संक्रमण भए तापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ। त्यसैले खोप लिएपछि पनि भीडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दूरी कायम गर्ने तथा बेलाबेलामा साबुनपानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ।


६. यो खोप कहाँ लगाउन पाइन्छ? 
यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट नि:शुल्क दिइन्छ।


७. यो खोप कसले लगाउनु हुँदैन? 
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरूले लिनु हुँदैन। साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन। यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिस गरिएका छैन।


८. के स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ?
हुन्छ। मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), सिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ। कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ।


९. यो खोप कत्तिको सुरक्षित छ? 
सुरक्षित छ। यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो। विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो।


१०. यो खोपको कति मात्र लगाउनुपर्छ? 
कम्तीमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।


११. यो खोप लगाएपछि केके असरह देखिन सक्छन्? 
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोप लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन्। यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेसी वा जोर्नी दुख्ने, बान्ता आउने आदि रहेका छन्। यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन्।


१२. के यो खोपको दीर्घकालिन असरहरू पनि छन्? 
कोभिड–१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालिन असरहरूका वारेमा थप समयपछि मात्र थाहा हुन्छ । खुशिको कुरा, अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ ।


१३. के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं? 
पूर्ण रुपले सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनैपर्छ। पहिलो मात्रा लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुने व्यवहारहरूको नियमित पालना गर्नेपर्छ।


१४. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ? 
खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझै पनि यकिन भएको छैन।


१५. के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ?
पार्दैन। यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलालाई दिइने खोप सेवा नियमित चलिरहन्छ।


१६. खोप सेवाका बारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ? 
आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था वा आमसञ्चारका माध्यमहरूमार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ। यदि तपाई‌ं खोप पाउने प्राथमिकीकरणमा पर्नु भएको छ भने समूह अनुसारको सूचीमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस्।


कोभिड-१९ खोपका बारेमा कनै पति जानकारीका लागि १११४ वा ११३३ मा सम्पर्क गर्नुहोला ।


(सूचना तथा तथ्याकका उपलब्धतासंगै यसमा भएका सन्देशहरू परिमार्जित गरिनेख् । अन्तिम अद्यावधिक मिति १२ माघ २०७७)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.