नेपालमा १५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाए

A notice in Nepali from Mechinagar Ward No. 10

१७ भदौ,काठमाडौं । नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो खोप १८ र दुवै खोप १५.४ प्रतिशतले लगाएको मन्त्रालयको तथ्यांक छ ।

देशभर ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा खोप लगाएको स्वाीथ्य मन्त्रालयले जनाएको छ ।

सरकारले आगामी चैत मसान्तसम्म उमेर समूहका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । थप खोप आउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन र एस्टाजेनिका गरेर चार प्रकारका खोप प्रयोगमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.