कपिलवस्तुमा गोली हानी ५५ वर्षीय पुरुषको हत्या

A notice in Nepali from Mechinagar Ward No. 10

१० भाद्र, बुटवल :  कपिलवस्तुमा गोली हानी एक पुरुषको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–६ मदरहवाका ५५ वर्षीय घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ।

पासी घरमै बसिरहेका बेला दुई अज्ञात व्यक्तिले बोलाइ  मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेको उनका परिवारले बताएका छन् ।

गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

कपिलवस्तु अस्पतालका अनुसार पासीको बायाँ तिघ्रा गोली लागेर छेँडिएको छ । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको  ।

गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.