आज समानुपातिक सूची सार्वजनिक गर्ने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, काठमाडौँ : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।

निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ। उहाँले भन्नुभयो, “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन। प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताउनुभयो।

सूची सच्याउन पत्र

राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो चार बजेसम्म तोकेको छ। दलहरूले बुझाएको समानुपातिक सूचीका सम्बन्धमा अध्ययन भइरहेको र सच्याउन समय दिइएको प्रवक्ता वाग्लेले बताउनुभयो। उहाँले प्रदेश सभा सदस्यतर्फ समावेशी सूचीमा क्षेत्रगत समस्या देखिएको बताउनुभयो। उहाँले प्रदेश सभामा रहेको क्षेत्रगत (क्लस्टर)को त्रुटि सुधारका लागि सम्बन्धित राजनीतिक दललाई पत्र पठाएर सोमबार अपरान्ह ४ बजेसम्ममा सच्याउन भनिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “प्रदेश एक, मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेशतर्फको सूचीमा समस्या देखिएको छ, सबैभन्दा बढी त्रुटि मधेश प्रदेशमा छ। मधेशमा चारवटा दलको चारथरी समस्या छ। सोमबारसम्ममा सूची संशोधन गरेर पठाउन पत्र पठाइएको छ।”

उहाँका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको समानुपातिकको सूचीमा कुनै समस्या छैन। समानुपातिकको सूची सच्याएर आएपछि निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ। प्रवक्ता वाग्लेले समानुपातिक सूची घोषणापछि एक साताभित्र प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने बताउनुभयो।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएपछि समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन्। प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपासँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.