टोपबहादुरका छोरा सन्दीप पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२१ वैशाख, काठमाडौँ : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ।

उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए। टोपबहादुरविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। टोपबहादुर भने पक्राउ परेका छैनन्।

बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ। पाण्डेकै प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। पाण्डे तत्कालीन गृहसचिव हुन्। पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।

यसअघि, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा राईलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.