सुन तस्करी गरेको आरोपमा कृष्ण बहादुर महरा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं ।विभिन्न काण्डमा मुछिएर विवादित बनेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.