‘राजा बन्ने’ भन्दै नारायणहिटीको श्रीपेच चोरी गर्न खोजेको अभियोगमा एक युवक समातिए

A notice in Nepali from Mechinagar Ward No. 10

८ असोज, काठमाडौंः नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो। उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ।

‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। उसले आफू राज बन्ने भन्दै चोर्न खोजेको बताएको छ’, महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

घर्तीलाई महानगरीय प्रहरी वृत्त दरमार्गमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.