चुनावी प्रचारको क्रममा रवि लामिछानेको गाडी तोडफोड

A notice in Nepali from Mechinagar Ward No. 10

२७ कार्तिक, चितवन : चुनाव प्रचारको क्रममा रहेका रवि लामिछाने र सत्ता गठबन्धनको टोलीबीच चितवन कुरिनटार नजिकै झडप भएको छ । आइतबार दिउँसो साढे तीन बजेतिर उक्त घटना भएको चितवन प्रहरीले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष धर्मेन्द्र सापकोटाका अनुसार प्रचारका लागि उनका समर्थक चढेको गाडीमा गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा गाडीको अगाडिको सीसा फुटेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने सो पार्टीबाट चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । आइतबार मुग्लिन कुरिनटार क्षेत्रमा पार्टीले चुनाव प्रचार र घरदौलो कार्यक्रम राखेको थियो । उम्मेदवार लामिछाने सीसा फुटेको भन्दा अघिल्लो गाडीमा थिए ।

‘लामिछानेको टोली अगाडि बढिरहँदा अर्को साइडबाट गठबन्धनको प्रचार टोली आइरहेको थियो । ‘गठबन्धनको पनि आज घरदैलो थियो । हाम्रो टोली फर्किरहँदा अर्को साइडमा गाडीमा रहेका रविका समर्थकहरूले हाम्रा समर्थक तिर हात देखाउँदै घण्टी बजाउन थालेपछि भनाभन जस्तो भएको हो,’ गठधन्धनको प्रचार टोलीमा रहेका कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले भने ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले गाडीको अगाडिको सिसा फुटेको जानकारी प्राप्त भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.