जेठ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ पहिलो साताभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। सोमबार साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको छलफलमा देउवाले जेठ पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्।

देउवाको भनाइलाई उदृत गर्दै कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण गिरीले भने, ‘स्थानीय तहका पदाधिकारी कार्यावधि सकिनुअघि सरकार निर्वाचन गर्न तयार छ।’

स्थानीय तहका जनप्रतिनिधिको कार्यावधि जेठ ५ गते सकिँदैछ। तर, २०७४ सालमा तीन चरणमा भएको  निर्वाचनलाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा कार्यविधिको विषयलाई एकमत छैन। स्थानीय तहसम्बन्धी ऐन र संविधान बाझिएको भन्दै संशोधन गर्नुपर्ने पक्षमा छन्।

यस्तै, प्रधानमन्त्री देउवाले आजै स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने कार्यक्रम रहेको नेता गिरिले बताए।

‘आज उहाँ (देउवा)ले आयोगसँग परामर्श गर्दै हान्नुहुन्छ‚’ उनले भने, ‘त्यसपछि निर्वाचनको मिति तय होला। उहाँ संविधानअनुसार स्थानीय तहको निर्वाचन गर्न तयार हुनुहुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.