सशस्त्र प्रहरीको लिखित परीक्षामा देशभरिका विभिन्न ठाउँबाट १४ नक्कली परीक्षार्थी पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा ।  सशस्त्र प्रहरी जवान पद खुला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा देशभरिका विभिन्न ठाउँबाट १४ नक्कली परीक्षार्थीलाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नक्कली परीक्षार्थीहरु सुनसरी, जुम्ला र सुर्खेतबाट परीक्षा दिदै गर्दा पक्राउ परेका हुन् ।

उनीहरू नक्कली परीक्षार्थी बनि परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट आठ जना, जुम्लाबाट दुई जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.