झापामा तीन किशोरीको आश्चर्यनजक मृत्यु, शोकमा डुब्यो गाउँ

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन, कचनकवल : झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७  वर्षीया अञ्जली गणेश साथीसाथी हुन् ।

घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे ।  शनिबार दिउँसो १२ बजे तिर पनि उनीहरु सँगै निस्किए । घरबाट निस्किएपछि बेपत्ता भएका तीन जनाको शव आइतबार विहान घर नजिकैको  एउटै  रुखमा झुन्डिएको अवस्थामा भेटिएको  छ  ।

घटनास्थलमा आफन्तसँग कुरा गरेर फर्किएका कचनकवल गाउँपालिका– ५ का वडा अध्यक्ष मो. नुर आलमका अनुसार तीनवटै परिवार छोरी फर्किएर आउने आशमा बसेको थियो । घर आउने आशमा फर्किएका आफन्तले आइतबार विहान मृत्युको खबर पाए ।

‘दिउँसो १२ बजेसँगै हिडेका कारण आफन्तको घरमा बसे होलान् भनेर  परिवारले धेरै खोजी गरेनन्, आफन्तको घर पनि नजिकै  रहेछ, ’ उनले भने,‘आज विहान चिया टिप्न जानेले रुखमा झुन्डिएको देखेछन्  ।’

उनका अनुसार घटनाको बारेमा  स्थानीयबासी र परिवारले विहान सात बजे  जानकारी पाएका थिए । घटनाका कारण गाउँ नै शोकमा डुबेको उनले बताए । छोरी घर फर्कने आशमा बसेको तीन वटै परिवारमा अचानक मृत्यु भएको खबर पुगेको थियो । ‘घटनाले मृतकको परिवार र गाउँ शोकमा डुबेको छ’, उनले भने  ।

गाउँबाट पूर्वतर्फ रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा किशोरीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘म घटनास्थलमा १० बजेतिर पुगेको थिएँ’, उनले भने, ‘घटनास्थल आसपास भेला भएका गाउँलेहरु शोकमा थिए ।’

तीन किशोरी साथीसाथी रहेको उनको भनाइ छ । ‘उनीहरु सँगै काम गर्ने साथी हुन्’, उनले भने, ‘एक्कासी झुण्डिएको अवस्थामा भेटिएका छन्, मृत्युको कारण खुलेको छैन ।’

उनका अनुसार १६ वर्षीया करिना गणेशको घर घटनास्थलबाट करिब चार सय मिटर पर पर्छ । कल्पना गणेशको घर घटनास्थलबाट करिब २ सय मिटर टाढा छ । अञ्जली गणेशको घर भने घटनास्थलबाट करिब दुई किलोमिटर टाढा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.