कोशीका मुख्यमन्त्रीले भने : मलाई विश्वासको मत दिनुस्, नभए मध्यावधिमा जान्छ

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे ।

‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने ताए ।

‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’

प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे ।

उनले आफ्नो सरकार सफल भएको बताए ।सरकार ठिक ठाउमा रहेकाे र ठिक ढंगले अघि बढ्न सक्ने बताए । ४० सिट भएको आफ्नो दलले २ मन्त्री लिएर सरकार चलाउदा कुनै विवाद र समस्या नभएपनि साना दलमा विवाद देखिएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए । नामाङ्कनकाे विषयमा भएका विराेध र असन्तुष्टलाई सम्बाेधन गर्न छलफल सुरु भएको बताए । नामका विषयमा मन्त्री र प्रधानमन्त्रीले बाेल्दा प्रदेशको आन्दोलनमा घिउ थप्ने काम गरेको मुख्यमन्त्री कार्कीले बताए ।

उनले केही महिनाभित्र पहिचान पक्षधरकाे माग सम्बाेधन गर्न सकिने बताए । उनले अघिल्लो सरकारका कारण आगामी आर्थिक वर्षमा बहुवर्षीय ठेक्काका कार्यक्रमहरु सञ्चालन गर्न नै नसक्ने अवस्थामा पुगेको मुख्यमन्त्री कार्कीले बताए । उनले प्रक्रिया नपुर्‍याई अघिल्लो सरकारले लगाएको ठेक्काको रकम भुक्तानी गर्न पनि नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.