प्रधानमन्त्री ओली विरुद्द वैद्यको अराजक अभिव्यक्तिपछि काँङ्ग्रेसले भन्यो–‘आत्मआलोचना गर्नुपर्छ’

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं,जेठ २९। नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र काँग्रेस तरङ्गित बनेको छ ।

शुक्रबार बागमती प्रदेश सभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

वैद्यको सो अभिव्यक्तिपछि शुक्रबार राती कडा प्रतिक्रिया जनाउँदै एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

उनले गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार छु भनेर वैद्यले प्रदेशसभामा खुल्लम खुल्ला बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

यसैबीच वैद्यको सो अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार राति नै आफ्नो भनाइ सार्वजनिक गर्दै उनलाई आत्मआलोचना गर्न निर्देशन दिएका छन् ।

उनले भनेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’

उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनन् समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.