नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

९ चैत्र, काठमाडौँ : नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने भएको छ। प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंह अवकाशको मुखमा पुग्नै लाग्दा ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउने दाउमा लागेका थिए।तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालै ३० वर्षे सेवा अवधि नहट्ने बताएका छन्।

डीआईजीबाट एआईजीमा बढुवा भएका पाँच नवनियुक्त एआईजीहरु फुली लगाएपछि आईजीसहित प्रधामन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रचण्डले प्रहरीको ३० वर्षे सेवा अवधि नहट्ने बताएका हुन्।

‘काम गर्ने उमेर बाँकी छँदै घर जानुपर्ने तपाईहरुको अवस्थाबारे म जानकार छु। तर अहिलेनै नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन सम्भव देखिएन। अब संघीय ऐन जारी हुँदा ३० वर्षे सेवा अवधि हटाइनेछ,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै एक एआईजीले भने।

३० वर्षे सेवा अवधि नहट्ने भएकाले आईजी हालका आईजी सिंह अनिवार्य अवकाशमा जाने हुँदा अहिले बढुवा भएका एआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली किरण बज्राचार्यमध्ये एक आईजी हुनेछन्।

‘अहिले बढुवा हुनुभएका तपाईंहरुबाटै एक जना आईजी बन्नुहुनेछ। राम्रोसँग मिलेर काम गर्नुस्। मेरो साथ समर्थन र सहयोग निरन्तर रहनेछ,’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.