अपरिचित युवाहरुद्वारा सार्वजनिक बस तोडफोड

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको कार्यकर्तामाथि आशंका

A notice in Nepali from Mechinagar Ward No. 10

झापा । झापाको शिवसताक्षीमा सार्वजनिक बस तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने किराँत चोकमा अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ ।

धरानबाट काँकरभिट्टातर्फ जाँदै गरेको उक्त यात्रुवाहक बसमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगामुडा तथा खुकुरी प्रहार गरि सिसा फुटाइदिएको हुन सक्ने  प्रहरीले जनाएको छ ।

तोडफोडका कारण बसको अगाडिको भाग र झ्यालका सिसाहरु फुटेका छन् । आफ्ना कार्यकर्तालाई रिहाइको माग राख्दै शनिबार देशभर विप्लव समूहले नेपाल बन्दको आव्हान गरेको थियो ।

बा४ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएपछि बस ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.