सत्यमोहनको शरीर नजलाइने, अध्ययनका लागि राखिने

A notice in Nepali from Mechinagar Ward No. 10

३० असोज, काठमाडौँ :  शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।

सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.