दशैंमा घर जान जम्मा १७ हजारले काटे बसको टिकट

A notice in Nepali from Mechinagar Ward No. 10

१९ असोज, काठमाडौँ : नेपालीहरुको महान पर्व बडा दशैं आउन केही दिन मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यकाबाट घर फर्कनेको चाप बढेपनि यसपटक टिकट बुकिङ कम भएको छ ।

यातायात व्यवसायीका अनुसार हालसम्म नयाँ बसपार्कबाट घर जान १७ हजार यात्रुले मात्र अग्रिम बस टिकट बुकिङ गरेका छन् ।
अघिल्लो वर्षभन्दा यसपटक टिकट बुकिङ कम भएको यातायात व्यवसायीको भनाइ छ । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले  अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो ।

यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् । काठमाडौँको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

सरकारले यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दसैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.