लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, बुटवल : लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।

आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.