साझा फूलबारीका रुपमा नेपाल राष्ट्र रहेकोे कृषि मन्त्री मगरको भनाई

हरेक व्यक्ति समाज र संस्थाहरुले आ आफ्नो क्षेत्रको विकासका लागि एकजुट भएर एकताबद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड

A notice in Nepali from Mechinagar Ward No. 10

३ बैशाख, मेचीनगर:

१ नम्बर प्रदेशका कृषि मन्त्री झलकसिहं दर्लामी मगरले नेपाल बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सबै जातजाति वर्ग, समुदाय र लिङ्गको साझा फूलबारीका रुपमा नेपाल राष्ट्र रहेकोे बताउनुभएको छ ।

शनिबार झापाको काँकरभिट्टामा नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका मन्त्री दर्लामीले मुलक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाले नेपालले समेत यो भावनालाई आत्मसाथ गरेको स्पष्ट पार्नुभयो । यसैका कारण अहिले सबै जातजाति भाषाभाषी, वर्ग, समुदायहरुलाई समानरुपमा विकास गर्ने र फल्नेफूल्ने वातावरण सिर्जना गरेको मन्त्री दर्लामीको भनाई छ । धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको उहाँले बताउनुभयो ।
मन्त्री दर्लामीले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने बताउँदैं धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता रहेको बताउनुभयो । धर्म र आस्था राज्यको नहुँने भन्दैं मन्त्री दर्लामीले यदाकदा धर्म र आस्थालाई राजनीति र राज्यसँग जोडेर अलग बनाउने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । आफ्नो धर्म, संस्कृति र पहिचानलाई संरक्षण गर्न एकीकृत प्रयासको खाँचो रहेको पनि उहाँले औँल्याउनुभयो ।
धार्मिक आस्थामा स्वतन्त्रता भएकाले नै राज्यले समान दृष्टिले हेर्ने गरेको स्पष्ट पार्दै उहाँले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी नै धर्म निरपेक्षता भएको बताउनुभयो । कृषिमन्त्री दर्लामीले मुलुकलाई कृषिप्रधान भनिए पनि यसलाई प्रवर्धन गर्न नसकिएको बताउनुभयो । उहाँले आयातलाई विस्थापन गर्न स्वदेशमै कृषि पेशालाई प्रवर्धन र बजारीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले निर्वाहमुखी कृषि पेशालाई व्यवसायमुखी बनाउन सकेमात्रै आर्थिक स्तर उन्नति हुने विचार राख्नुभयो ।
‘हामीले विगतलाई फर्केर हेर्ने हो भने राज्य एकात्मक ढंगबाट अघि बढिरहेका बखत नेपालका सवै जातजाति, भाषाभाषी, वर्ग, समुदाय र संस्कृतिहरु समानढंगले फल्ने फूल्ने वातावरण सहज नभएको गुनासो हामीले सुन्दैं आएका थियौं’ मन्त्री दर्लामीले भन्नुभयो—‘हिजोको एकात्मक राज्य प्रणालीले विभेद कायम राखेको थियो । हिजो समाजमा कायम रहेका सवैखाले विभेदलाई अन्त्य गर्दै समनतामुलक समाज निर्माणका खातिर एकात्मक प्रणालीको अन्त्य गर्दै देश यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।’ समाज बौद्घ धर्म संरक्षणका लागि जुन ढंगले अहिले जसरी एकताबद्घ भएर अघि बढिरहेको छ त्यसरी नै सवै उत्पीडित समुदायहरुले, जातजाति, वर्ग क्षेत्र र समुदायका मानिसहरुले स्वतन्त्र ढंगले आफ्नो विकासका निम्ती यसरी नै अघि बढ्ने हो भने हरेक क्षेत्रको विकास सम्भव रहेको उहाँको भनाई थियो ।

हरेक व्यक्ति समाज र संस्थाहरुले आ आफ्नो क्षेत्रको विकासका लागि एकजुट भएर एकताबद्घरुपमा अघि बढ्नुपर्ने उहाँको जोड थियो । अहिले नेपाल बौंद्ध धर्म संरक्षण समाज मेचीनगरले बुद्घ धर्मको आदर्शलाई आत्मसाथ गरेर संसारभरि बौंद्ध दर्शनलाई पुर्याउने जुन सोच लिएको छ, जुन पहल गरेको छ, त्यो अन्यका लागि अनुकरणीय हुने मन्त्री दर्लामीले विश्वास व्यक्त गर्नुभयो । हरेकले आफ्नो कला, संस्कृति, धर्म, परम्परा,सभ्यता र आफ्नो पहिचानलाई अघि राखेर संरक्षणका निम्ती लाग्नुपर्नेमा मन्त्री दर्लामीले जोड दिनुभयो ।

बुद्ध दर्शनका बारेमा आफुले धेरै चर्चा परिचर्चा सुनेको भन्र्दै मन्त्री दर्लामीले आज मुलक धर्म निरपेक्षता आइपुगेको, हिजोको एकात्मक प्रणालीले एउटै धर्म, एउटै जाति, एउटै संस्कृतिमा लादिएको बताउँदै अहिले त्यस्तो राज्य व्यवस्थाको अन्त्य भएको दावी गर्नुभयो । अब यो मुलुकका सवै जातिजाति, भाषाभाषी,वर्ग, समुदाय लिङ्गहरु साझा फूलवारीका रुपमा फूल्ने र जनताका प्रतिनिधिहरु छोराछोरी राष्ट्र प्रमुख,जनताबाट चुनिने व्यवस्था आएको बताउनुभयो ।
नेपाल बौद्घ धर्म संरक्षण समाज मेचीनगरका अध्यक्ष दिलकुमार तामाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी, संविधान सभा सदस्य उषा गुरुङ, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वल्र्ड एलायन्स अफ बुद्घिष्टका अजितमान तामाङलगायतले बोल्नुभएको थियो । उहाँहरुले हरेक बौंद्धमार्गीहरु एक ठाउँमा उभिनुपर्ने बताउँदैं कसैले पनि कसैका धर्म, रीतिरिवाज, कला, संस्कृतिलाई असर पर्ने गतिविधि गर्नुनहुने बताउनुभएको थियो ।
कार्यक्रममा समाजलाई विभिन्न समयमा सहयोग गर्नुहुने नगेन्द्रकुमार गुरुङ्ग र शंकर तामााङलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि कृषिमन्त्री दर्लामीले सम्मानित दुवैलाई सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओडाउनुभयो । कार्यक्रममा शेर्पा, तामाङ्ग, मगर, गुरुङ्गलगायतको संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सुभाष गुरुङ्गले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा सहभागी सवैलाई समाजकी सदस्य विमला तामाङ्गले शाब्दिक स्वागत गर्नुभएको समाजका सचिव डिल्लीराम थापा मगरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.