धुलाबारी खानेपानीको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

१९ चैत्र, काठमाडौँ : धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए ।

लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदमा हिमालय आङ्देम्बले १३५० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशील प्यानलबाट लक्ष्मी श्रेष्ठले ८३२ र रास्वपाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठले ३३६ मत मात्र प्राप्त गरे ।

लोकतान्त्रिक प्यानलबाट सचिव पदमा उमानाथ (उमेश) सुवेदीले ११०३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशील प्यानलका उमेश डाँगीले १०२१ र रास्वपाका ओमनाथ घिमिरेले ३९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार पदाधिकारीमा ३३५ र सदस्यमा ३११ मत पत्र बदर भएको छ ।

त्यसैगरी सदस्यहरु अमर लिम्बुले १०२६, ज्ञानबहादुर विष्टले ९५३, कविन्द्र श्रेष्ठले १२०९, केदार खत्री (भान्जा)ले ११९७, नारायण भट्टराईले १०२७, सरोज खड्काले १०२५, धनमाया गौतम (पोखरेल)ले १३०१ र लिलादेवी गौतमले ९२० मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यता सदस्यहरु विजय अधिकारीले ४३०, विना अधिकारी नेपालले ७७५, दिनेशकुमार गुप्ताले ५५९, हिरा आचार्यले ८६९, लोकनाथ काफ्लेले ३१६, महेन्द्र चौधरीले ६१६, पूर्णबहादुर कटुवाल (दिपु)ले ८७०, राजनकुमार सापकोटाले ५३३, राजकुमार साहले ३०७, रितबहादुर खड्काले ७९६, सञ्जय श्रेष्ठले ८७२, सन्तोष विश्वकर्माले २९९, हिमकुमारी खत्री कट्टेलले ६५४, कमला चापागाई (पोखरेल) ले ४०२, मिना वस्नेत थापाले ३२९ र रितादेवी दाहालले ६७६ मत मात्र प्राप्त गरेको संयोजक पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.