गोहीको आक्रमणबाट एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

१० असार, नवलपुर : नवलपुरको मध्यबिन्दु नगरपालिका नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले मध्यबिन्दु नगरपालिका–२ सेहरी गाउँस्थित नारायणी नदी किनारमा बिहान नुहाउन जाँदा ७२ वर्षीय मीनबहादुर थारुलाई गोहीले आक्रमण गरेको बताउनुभयो ।

मृतकको दुवै खुट्टाको घुँडामुनिको मासुको भाग गोहीले खाएको अवस्थामा फेला परेको पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा न.प.(पूर्व)मा ल्याइएको पौडेलले जानकारी दिनुभयो ।

उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्ज चितवनबाट खटी आएका निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा उक्त गोहीलाई नियन्त्रणमा लिई व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जतर्फ लगिएको छ ।
गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.