रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (नामसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२१ असार, रामेछाप : रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनास्थलमा ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।

मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षिय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ वर्षिय कमल तामाङ, सोही वडाका  १८ वर्षिय सुदिप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ वर्षिय विपना तामाङ रहेका छन् ।

त्यस्तै काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० वर्षिय तुलबहादुर विक रहेका छन् ।

अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ वर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ वर्षिय बृद्ध तामाङ र वर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ। एक जनाको भने सनाखत हुन बाँकी रहेको छ। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

मंगलबार बिहान करिब सवा १० बजे रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको  बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिकामा–५ खाँडादेवीमा सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.