जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, जाजरकोट : जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए ।

घटनास्थलमा नै रहेका थापाका अनुसार ३ जना घाइते छन्, दुर्घटनास्थलमा प्रहरी पुगेको छैन र स्थानीयबासिन्दाले उद्धारको काम गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मध्यपहाडी सडक खण्डमा भएको दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

दुर्घटनामा परेको जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको पनि थापाले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.