मोरङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

A notice in Nepali from Mechinagar Ward No. 10

२१ वैशाख, विराटनगर : मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ ।

गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.