लगातारको वर्षासँगै आएको बाढीले झापाका विभिन्न ठाँउमा डुवान

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, झापा : लगातारको वर्षाका कारण झापाको विभिन्न बस्ती जलमग्न भएको छ । लगातारको वर्षासँगै आएको बाढीले झापाका विभिन्न ठाँउमा डुवान हुँदा एकसय ६० भन्दा बढी घर डुवानमा, ३५ घर प्रभावित र ३५० घर उच्च जोखिममा रहेको छ ।

रेडक्रस झापाका अनुसार गौरादह नगरपालिका–५ र ६ को कोहवाराको उत्तर टंगुवा समुदायको ५० घर ढुवान र बालुवथान वस्तीमा रतुवा नदीको पानी पस्न थालेको, ९ नं वडाको ६० परिवार ढ्याग्रीखोला डुवानमा परेको र वाड नं ६ को दामुना खोलाले सुकुम्बासी बस्तीको ३५ घर प्रभावित भएका छन् ।

त्यस्तै शिवसताक्षी वाड नं ६ को स्वास्थ्य कार्यलय आसपास र ठग वस्तीको ५० घर परिवारहरु सताक्षी र मक्करडुब्बा खोलाको डुवानमा परेको रेडक्रस झापाले जनाएको छ ।

यसैगरी कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका–१ को सितुमारी, मिलन वस्ती, २ को सिर्जना वस्ती, ३ को नयाँ वस्ती ७ को टप्पु वस्तीका ३५० घरहरुमा पानी पसेको रेडक्रस झापाका फोकल पर्सन हरिशरण खड्काले बताए ।

बाढीबाट पीडित भद्रपुरका सुकुम्बासी र गौरादहका लेलिया वस्तीका बाढी पीडित जनताहरु नजिकको उच्च स्थानमा, शिवसताक्षीका स्थानीय त्रिभूव माविमा, गौरीगञ्जका रामजानकी प्रावि र छिमेकीको शरणमा तथा बाह्रदशी गाउँपालिकाका सुकुमबासीहरु दक्षिश्वार मन्दिरमा आश्रय लिएर बसेको खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.