उपत्यकाका फिल्म हलहरु भोलिबाट खूल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१६ भदौ,  काठमाडौं : काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खाेल्न पाइने भएकाे छ। आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

पत्रकारहरुसँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको बताए ।

‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएका हौं’ सीडीओ पराजुलीले भने ।

उनले प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत निर्णय भएको जनाए । सीडीओको बैठकले जारी निषेधाज्ञालाई भदौ मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.