फलफुल आयातमा मात्र ३२ करोड ९७ लाख ७६ हजार रुपैयाँ बाहिरीयो

एकवर्षमा १६ प्रकारका ५ हजार ८ सय ४३ मेट्रिक टन फलफुल आयात

A notice in Nepali from Mechinagar Ward No. 10

१८ भदौ, मेचीनगर : मुलुकबाट फलफुलका लागि मात्र हरेक वर्ष ३२ करोड रुपैयाँभन्दा बढी बाहिरिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले नेपाल फलफुलमा आत्मनिर्भर नभएको पुष्टि गर्ने सरकारी अधिकारीहरु बताउछन् ।

नेपालमा व्यवसायिकरुपमा फलफुलको खेती पर्याप्त मात्रामा गर्न सक्दा नेपालले फलफुलका लागि परनिर्भर बन्नु परेको उनीहरुको भनाई छ । गत आर्थिक वर्ष २०७७ /०७८ मा पूर्वी काँकरभिट्टा नाकाबाट मात्र ३२ करोड ९७ लाख ७६ हजार रुपैयाँ मुल्य बराबरका १६ प्रकारका ५ हजार ८ सय ४३ मेट्रिक टन फलफुल आयात भएको छ । मुलुकभित्र मागको तुलनामा उत्पादन बढ्न नसक्दा आयात हुने गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा यो नाका भएर ९ हजार १ सय ८७ मेट्रिक टन फलफुल आयातका लागि ३२ करोड ५६ लाख ५१ हजार रुपैयाँ विदेशिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा २७ करोड १ लाख ३० हजार रुपैयाँका फलफुल आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्र्रमुख देविन्द्र साहुले जानकारी दिनुभयो ।

२०७६ को चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा सम्म गत वर्ष यति भारीमात्रामा फलफुल आयात हुनुले नेपालमा वर्षेनी फलफुलको आयात बढ्दै गइरहेको सोझै अनुमान गर्न सकिने नेपाली सरकारी अधिकारीहरुको भनाई छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार अधिकाँश ताजा फलफुल भारतबाट आयात गर्ने गरिएको छ । थोरै परिमाणमा चीनबाट समेत फलफुल आयात हुने गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट खासगरी स्याउ, आँप, केरा, मौसम, बयर, कागती, अंगुर, अनार, सुन्तला, भुईकटहर, मेवा, तरबुजा, लिची, काँचो नरिवल, अम्बा नासपाती लगायतका फलफुलहरु नेपाल भित्रिने गरेको छ । चिनबाट स्याउ आयात हुने गरेको छ ।

पूर्वी काँकरभिट्टा नाकाबाट थोरै मात्रामा स्याउ आयात भएको भएपनि चीनको खासा हुँदै तातोपानी नाकाबाट दैनिक ३/४ कन्टेनर स्याउ नेपाल भित्रिने गरेको व्यवसायी बताउँछन् । गत आर्थिक वर्ष २०७७/०७८ मा पूर्वी काँकरभिट्टा नाका भएर भारत र चिनबाट १८ करोड ६४ लाख ३२ हजार रुपैयाँ मुल्य बराबरको २ हजार ९ सय १३ मेट्रिक टन स्याउ आयात भएको थियो । काँकरभिट्टा नाकाबाट फलफुलको विरुवाको आयात भने शुन्य छ । नेपालमा चाडपर्वको बेलामा फलफुलको माग बढ्ने गर्छ भने जुसको लागि समेत फलफुलको प्रयोग हुने हुँदा फलफुलको आयात बढ्न थालेको झापा मेचीनगरका फलफुल व्यवसायी विनोद सहनीको अनुभव छ । पछिल्लो समय आयस्रोतमा भएको वृद्धिसँगै नेपालीहरुले फलफुलको उपभोग बढाउँदै लगेका उहाँको भनाई छ ।

कृषि प्रधान मुलुक भएपनि नेपालमा फलफुलको उत्पादन घट्दै जान थालेको र माग वा उपभोक्ताको संख्या बढ्दै जाँदा आयात हृवात्तै बढ्न गएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.