गभर्नर निलम्बन ऐन र कानुनअनुसार नै छ : अर्थमन्त्री

‘देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटग्रस्त छैन’

A notice in Nepali from Mechinagar Ward No. 10

२८ चैत्र, काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही राष्ट्र बैंकको ऐन र कानुनअनुसार नै निर्णय गरिएको दाबी गरेका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राष्ट्र बैंकको ऐन प्रावधान र कानुन संवत् निर्णय गरेका हौँ। किन गरेका हौँ भनेर छानविन कमिटी गठन गरेका छौँ। कमिटीलाई काम गर्न दियो भने उहाँले छानविन गरेर एक महिनापछि सबै रिपोर्ट तपाईहरूले पाउनुहुन्छ।’

उनले राष्ट्र बैंकको लगानी कहाँ कहाँ छन् भनेर जान्न खोज्दासमेत नपाएको गुनासो गरे। ‘सामान्य हिसाबले कर्जा प्रवाहको कुरा १९ प्रतिशतको लक्ष्य राखेका थियौँ। तर, ३२ प्रतिशत पुग्यो। यो बेलैमा नियमन गर्नुपर्ने हो। यो अर्थ मन्त्रालयले गर्दैन यो राष्ट्र बैंकको काम हो। त्यत्रो ऋण भएपछि उत्पादन क्षेत्रको बढ्नुपर्ने हो’ उनले भने।

अनुत्पादक क्षेत्रमा लगानी बढेको उनले बताए। कोरोना महामारी सुरु भएदेखि नै उनले उत्पादनमुखि क्षेत्रमा लगानी बढाउन चालेको प्रष्ट पारे। उनले भने, ‘मैले लगानी कहाँ कहाँ लगानी हुन्छ? कसरी गरिहेको छ भनेर खोज्ने प्रयत्न नगरेका होइन। तर, हामीले प्राप्त गर्न सकेनौँ। पैसाको अनियन्त्रित विस्तार भयो। ऋण प्रवाह बनेकालाई कसरी नियन्त्रण गर्ने भनेदेखि नै मैले कुरा राखेको हो। कोरोनाको बेलामा मैले छलफल गरेको हो।’

अनुत्पादक क्षेत्रको लगानी रोक्नको लागि आफूले सक्दो पहल गरेको दाबी गरे। आफूले कुनै काममा हस्तक्षेप नगरेको दाबी गर्दै आफ्नो जिम्मेवारी बहन गरेको बताए। अर्थमन्त्रीले हस्तक्षेप गरेको भनेर भ्रम सिर्जना गरेको बताउँदै तथ्य नभएको उनको भनाइ छ।

उनले देशको अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो संकटको अवस्थामा नपुगेको समेत दाबी गरे। अर्थतन्त्रको बिषयलाई लिएर अर्थव्यवस्थाको राजनीतिकरण गरे देशलाई फाइदा नपुग्ने प्रष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.