आयात बराबरको विदेशी मुद्रा नल्याए श्रीलंकाको अवस्था पुग्छौं : गभर्नर अधिकारी

A notice in Nepali from Mechinagar Ward No. 10

९ असार, काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंका कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सुध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाका अवस्थामा पुग्ने बताए। उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्र मुलुकको अर्थतन्त्र लयमा आउने बताए।

गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताए। श्रीलंकाले लिट्टेसँग लडाई गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको भन्दै गभर्नर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंका कै अवस्था हुने दाबी गरे।

उहाँले भने, ‘अब जबसम्म हाम्रो सोच मान्छे बाहिर पठाउने, रेमिट्यान्स आएको छ। त्यो पैसाले आयात गरेका छौं। त्यो खाँचो छ। उत्पादन छैन्। नेपालमा भएको डलर पनि सिद्याउँदै जान्छौं। आयात बराबर डलर आउने माध्यम बनाउन सक्नुपर्यो नी? त्यो योजना हाम्रो हुनुप¥यो। त्यति गर्न सकेनौँ । त्यो बेलासम्म विदेशी मुद्रा सञ्चिति धमिराले खाए झै गयो भने हामीलाई भोलि समस्या पर्छ।’

गभर्नर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताए। उनले मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनुरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए। गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले दिएको मार्ग दिएको बताए। उनले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको र अझै बढ्नसक्ने बताए। गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने बताएका छन्। अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरू सबैजना आ–आफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको संकटको सामना गर्न सकिने जिकिर गरे।

गभर्नर अधिकारीले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने ल्याउन चुनौतीपूर्ण भए पनि राष्ट्र बैंकले ल्याएर सबैका मागलाई सम्बोधन गरेको बताए। उनले राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने गरेको बताए।

गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याए पनि केही क्षेत्रमा असर परेको स्वीकार गरे। उनले मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने संकेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.