पठाओले चालक र यात्रुको ५ लाख सम्मको बीमा गरिदिने

A notice in Nepali from Mechinagar Ward No. 10

राइड सेयर कम्पनी पठाओले आफ्ना चालक र यात्रुको ५ लाखसम्मको बीमा गरिदिने भएको छ।

पठाओमा एप प्रयोग गरी यात्रा गर्दा दुर्घटना भई यात्रु वा चालकको मृत्यु वा अपाङ्गता भएमा बढीमा ५ लाख सम्मको बीमा गर्ने गरी एभरेस्ट इन्स्योरेन्स प्रालीसगँ सम्झौता  गरिएकाे हाे।

त्यस्तै पठाओको एप मार्फत सेवा दिने र लिनेको लागि १ लाखसम्मको दुर्घटना उपचार बीमा गरिएको पठाओका क्षेत्रिए निर्देशक अशिममान सिंह बस्न्यातले जानकारी दिए।

यो बीमा पठाओ खाना डेलिभरी गर्ने राइडरहरुले पनि पाउने छन्। त्यसैगरी पठाओका प्यासेन्जरले बीमा दावीको लागि एपमा आफ्नो नाम र जन्म मिती सही राख्नुपर्ने उनले बताए।

२ वर्षको लगातार प्रयासपछि बीमाको व्यवस्था गराउन सफल भएको बस्न्यात बताउँछन्।

 

‘हामीले २ वर्षदेखि राइडर र प्यासेन्जरको बीमा गर्ने प्रयास गरेका थियौँ। तर बीमा संस्थानमै जाँदा पनि सकिएन। पछिल्लाे २ महिना एभरेस्ट इन्सोरेन्ससगँ छलफल गरेर उहाँहरुले प्याकेज नै बनाएर हामीलाई बीमाको बाटो खोलिदिनुभयो,’ उनले सेतोपाटीसगँ भने।

लकडाउन अघि करिव ७० हजार राइडर पठाओमा आवद्ध भएपनि अहिले ७ हजारलाई मात्र अनुमति दिइएको उनले बताए। त्यस्तै झण्डै १३ हजार प्यासेन्जर पठाओमा दर्ता छन्।

पठाओ मार्फत दैनिक करिव ३० हजारले सेवा लिने गरेको बस्न्यातको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.