मेची मासु सहकारीको तेस्रो अत्याधुनिक मार्ट सञ्चालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

२३ फागुन, काँकरभिट्टा : मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टाले आफ्नो तेस्रो अत्याधुनिक मिट मार्ट (मासु पसल) काँकरभिट्टा स्थित सुन्दर टोलको सब्जी बजारमा सञ्चालनमा ल्याएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ्गले आज एक कार्यक्रमका बीच रिबन काटेर मेची मिट मार्टको तेस्रो आउटलेटको औपाचारिक शुभराम्भ गर्नुभएको हो।
मासुको क्षेत्रमा काम गर्ने नेपालको एकमात्र सहकारी  मेची मासु उत्पादक सहकारीले यो भन्दा अघि काँकरभिट्टा महेन्द्रराजमार्ग दक्षिण तर्फ एकवटा र काँकरभिट्टा क्याम्पसरोडमा खानेपानी अगाडि रेहेको आफ्नै भवनमा एकवटा मार्ट सञ्चालनमा ल्याइसकेको छ ।
मेची मासु सहकारीले उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउनु पहिलो लक्ष्य लिएकोले यसै आर्थिक वर्ष भित्र मार्टको पसल संख्या ५ पु¥याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भगिरथ राईले बताउनु भयो ।
सहकारीले आफ्नै फार्ममा उत्पादन भएका खसी, कुखुरा, माछा बिक्री गर्नुका साथै अन्य सदस्य एवम् सहकारीबाट उत्पादन भएका मासुजन्य उत्पादन समेत बिक्री गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.