नागबेली सुपारी सहकारीको १२औँ वार्षिक साधारणसभा सम्पन्न, ज्येष्ठ नागरिक र विद्यार्थी सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

शान्तिनगर : बुद्धशान्ति–५ स्थित नागबेली सुपारी उत्पादन सहकारी संस्थाको १२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
गडिगाउँ माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न सभामा सहकारीका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको थियो।

सभाको अवसरमा संस्थाले ज्येष्ठ नागरिक सम्मानका रूपमा शेयर सदस्य माधव प्रसाद खतिवडा र कुलबहादुर पुलामी मगरलाई जनही १ हजार ५ सय रुपैयाँ नगद र सम्मानपत्र प्रदान गर्‍यो।
त्यस्तै कक्षा १२ को अन्तिम परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानमध्ये छात्रा अभिलाषा खतिवडा र छात्र निश्चल घतानीलाई जनही २ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

उत्कृष्ट सुपारी मिश्रित बाली उत्पादन गर्ने शेयर सदस्य लिला कुमारी खतिवडा र अम्विका देवी रिजाललाई पनि जनही १ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो।
सहकारीको स्थापना कालदेखि निरन्तर सेवा दिँदै आएका कर्मचारी रामचन्द्र भट्टराईलाई पनि विशेष सम्मान प्रदान गरिएको संस्थाकी व्यवस्थापक सविता दाहालले जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले सहकारीले सबै जात, वर्ग र समुदायलाई समेट्दै स्थानीय पुँजीलाई वित्त बजारमा परिचालन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो।
त्यसैगरी वडा नं. ६ का वडाध्यक्ष शिवराज पौडेल, हिमशिखर साना किसान सहकारीका अध्यक्ष चेतन पौडेल, सल्लाहकार शिवकुमार पौडेल र मूल कृषक समूहका अध्यक्ष धनबहादुर श्रेष्ठले पनि कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष तथा सभापति गंगाराम राईले आर्थिक वर्ष २०८१/०८२ को आम्दानी–खर्च विवरण, प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभयो।
लेखा समितिका संयोजक यदुनाथ पराजुलीले पेश गरेको प्रतिवेदन साधारणसभाले अनुमोदनसहित पारित गरेको थियो।

वि.सं. २०६६ साल असार २१ गते सहकारी ऐनअन्तर्गत स्थापना भएको उक्त सहकारीको हाल १ करोड ७६ लाख १३ हजार ६ सय रुपैयाँ शेयर पुँजी र ५१८ जना शेयर सदस्य रहेका छन्।
संस्थाको निक्षेप संकलन २ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको छ भने ४ करोड १० लाख ९३ हजार ४ सय ५५ रुपैयाँ कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
कुल सम्पत्ति ५ करोड ८ लाख ६४ हजार ५ सय ७० रुपैयाँ रहेको सो सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा २६ लाख ५ हजार ४ सय ८८ रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ करोड ६२ लाख ७२ हजार ३ सय २० रुपैयाँको अनुमानित वार्षिक बजेट प्रस्तुत गरिएको थियो।

झापा जिल्ला सुपारी संघका अध्यक्ष रुद्रमणी खतिवडा, चुल्ठे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रदीपदेव खतिवडा, चुल्ठे चारभैया खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष थिरप्रसाद खतिवडा लगायतको आतिथ्य रहेको कार्यक्रममा सहकारीकी उपाध्यक्ष पवित्रा न्यौपानेले स्वागत मन्तव्य राख्नुभयो।
कार्यक्रम सञ्चालन सचिव हेमराज भट्टराई र शम्भुप्रसाद पौडेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.