यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ सहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२९ साउन, काठमाण्डौं : चालु आर्थिक वर्ष २०७८–०७९ मा मूल्य वृद्धिदरलाई साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त जानकारी दिएका हुन् । तथापि, अहिले मूल्यवृद्धि नियन्त्रणमा रहे पनि आगामी दिनमा मूल्यवृद्धिमा चाप पर्न सक्ने गभर्नर अधिकारीले बताए ।

कच्चा तेलको मूल्यवृद्धि दर र नेपाली रुपैयाँको परिवत्र्य विदेशी विनिमयदरमा आएको उतारचढावका कारण मूल्यमा चाप पर्न सक्ने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाबाट चालु आवमा १९ प्रतिशत निजीक्षेत्रमा कर्जा विस्तार गर्ने लक्ष्य राष्ट्र बैंकको छ ।

मौद्रिक नीतिमा एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट चार करोड रुपैयाँ कर्जा पाउने र त्यसको सीमा १२ करोड रुपैयाँभन्दा बढी हुन नपाउने व्यवस्था ल्याइएको छ ।

मौद्रिक नीतिमा ब्याजदर करिडोरका लागि ब्याजदरको सीमा परिवर्तन गरिएको छ । यसअघि एक प्रतिशत रहेको ब्याजदर करिडोरको न्यूनतम दरलाई २ प्रतिशत र ३ प्रतिशतलाई साढे ३ प्रतिशत पुर्याइएको छ ।

यस्तै, विदेशबाट रेमिट्यान्स पठाउनेहरूले बढी ब्याजदर पाउने भएका छन् । रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य निक्षेपभन्दा एक प्रतिशत बढी ब्याज दिइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.