प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख (पूर्ण पाठसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१ असार, विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा उक्त बजेट पेस गर्नुभएको हो। बजेटमा पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख र चालु खर्च १४ अर्ब १६ करोड १५ लाख छुट्याइएको छ।

चालु आर्थिक वर्षको बजेटभन्दा यो बजेट करिब ७ अर्ब कम आकारको हो। अघिल्लो आर्थिक वर्ष ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ। बजेटका बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँटतर्फ ९ अर्ब १ करोड ६६ लाख, समानीकरण अनुदानतर्फ ८ अर्ब ५६ करोड, सशर्त अनुदानतर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४ लाख र विशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तीय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने प्रदेश सरकारको अनुमान छ।

हेर्नुहोस बजेटको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.