इलामको सुकिलुम्बा विमानस्थल बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असार, इलाम : उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएको हो।

इलाम नगरपालिकाले तारा एयरसँग इलाम काठमाडौं हवाई उडानका लागि सम्झौता गरेको समय सकिना साथ उडान सेवा बन्द भएपछि अहिले इलामका बासीन्दाले हवाई सेवा नियमित गर्न माग गरेका छन् ।

निकै तामझामकासाथ उद्घाटन गरिएको इलामको यो फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सुनसान देखिन्छ । इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेपछि गएको फागुन ११ गतेबाट सातामा दुई दिन काठमाडौं–इलाम हवाई उडान गर्दै आएको थियो । तर, झण्डै एक महिना यता यो विमानस्थलमा हवाई सेवा ठप्प छ।

फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले धावनमार्गको उद्घाटन गर्नुभएको थियो । २०६७ सालमा विमानस्थलको शिलान्यास पनि चैत्र १३ गते पूर्व प्रधानमन्त्री खनालले नै गर्नुभएको थियो। यो विमानस्थल निर्माणका लागि जिल्लाबासीबाट १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो । शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा पनि पुनः बन्द भएपछि इलामेलीहरूले हवाई सेवा नियमित गर्न माग गरेका छन् ।

इलाम नगरपालिकाले दैनिक ११ जना यात्रुको टिकट ग्यारेण्टी गरेपछि मात्र तारा एयरले उडान गर्न इच्छा देखाएको थियो । हरेक उडानमा ११ जना यात्रु नपुगेमा अपुग यात्रुको भाडा नगरले बेहोर्ने सम्झौता भएको थियो । अहिले उक्त सम्झौता सकिएको छ । तर, विमानस्थललाई नियमित संचालनका लागि पहल भईरहेको इलाम नगरपालिकाका प्रमुख केदार थापाको भनाइ छ ।

३२८ रोपनी क्षेत्रफलमा रहेको विमानस्थल निर्माणमा ३१ घरपरिवारलाई जग्गाको मुआव्जा बापत २ करोड २५ लाख रुपैंयाँ वितरण भएको थियो । विमानस्थलमा घेराबारादेखि टर्मिलन भवन, यात्रु प्रतिक्षालय लगायतका संरचना बन्न बाँकी नै छ । पूर्वी पहाडी जिल्लाका नागरिकसहित भारतका पर्यटकहरूलाई लक्षित गरेर निमार्ण गरिएको यो बिमानस्थलमा करोडौं रुपैयाँ खर्च भइसकेको छ ।

विमानस्थल पूर्णरुपमा निर्माण सम्पन्न भए पनि उडानको सुनिश्तिता नहुँदा विमानस्थल इलामेलीहरूका लागि कागलाई बेल पाके झै भएको छ । त्यसैले नियमित उडान सेवा भर्न र जनतालाई सेवा दिन यहाँका जनप्रतिनिधि र नेतृत्वले ध्यान दिनै पर्ने देखिन्छ । इमेज खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.