भारतीय आयल कर्पोरेसनको नयाँ सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेर आयो

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, काठमाडौँ : भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ,’ निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले भने, ‘नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ३ अर्ब ७३ करोड नोक्सान छ ।’

यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.