प्रदेश सहयोग कार्यक्रम निर्देशन समिति सदस्यमा मेचीनगर उपप्रमुख उप्रेती मनोनयन

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार, मेचीनगर : झापा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ नम्बर प्रदेश अन्तर्गत प्रदेश सहयोग कार्यक्रम निर्देशन समिति सदस्यमा मनोनयन हुनुभएको छ ।

नेपाल नगरपालिका संघले उपप्रमुख उप्रेतीसहित सुनसरी दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारलाई मनोनयन गरी निर्देशक समितिको सदस्यमा सिफारीस गरेको थियो । उप्रेतीसँगै प्रमुख गच्छदार पनि समितिको सदस्यमा मनोनन हुनुभएको छ ।

दुईजना आमन्त्रित सदस्यसहित समितिमा १६ सदस्य छन् । समितिको प्रमुखमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई हुनुहुन्छ । यसैगरी सदस्यहरुमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, आर्थिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री राजन राई सदस्य हुनुहुन्छ ।

यसैगरी समितिको अन्य सदस्यहरुमा १ नम्बर प्रदेश योजना आयोगको उपाध्यक्ष डाक्टर पूर्णकुमार लक्सम, १ नम्बर प्रदेशका मुख्य सचिव रामप्रसाद घिमिरे, मोरङ बुढीगंगा गाउँपालिका प्रमुख जीतनारायण थापा, तेह्रथुम छथर गाउँपालिका उपप्रमुख तारा खरेल ढकाल, स्वीस विकास कर्पाेरेशनका कार्यक्रम व्यवस्थापन विज्ञ अमान जोन्छे हुनुहुन्छ । समितिको सदस्य सचिवमा प्रदेश सहयोग कार्यक्रमका कार्यक्रम निर्देशक कृष्णप्रसाद सापकोटा र आमन्त्रित सदस्यहरुमा प्रदेश सहयोग कार्यक्रम टिम लिडर विनोद प्रसाद उपाध्याय र प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमका टिम लिडर प्रण्य शर्मा हुनुहुन्छ ।

नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था गरे अनुसार संविधानमा तीनवटै सरकारकोविचमा आपसी सहकार्य, समन्वय र सहअस्तित्वका मर्म अनुसार संविधान प्रदत्त अधिकारहरुको प्रयोग हुने व्यवस्था प्रदेश सहयोग कार्यक्रममा रहेको सदस्य तथा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती जानकारी दिनुभयो । तीनवटै तहको सरकार मध्ये प्रदेश आफै नयाँ तर, संघीयताको महत्वपूर्ण संरचना भएको हुँदा संविधानको भावना र मर्म अनुरुप प्रदेश सरकार सञ्चालनकालागि आवश्यक संरचना स्थापना र सुदृढिकरण गर्न आवश्यक रहेको पृष्ठभूमिमा १ नमबर प्रदेश सरकारको संस्थागत क्षमता सवलीकरण एवम् सुशासन प्रवद्र्घनमा सहयोग गर्ने उद्घेश्यले नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारकाविच ३ माघ २०७५ मा १ नम्बर प्रदेशको राजधानी विराटनगरमा सम्झौता भएर प्रदेश सहयोग कार्यक्रम सञ्चालन भइरहेको उप्रेतीको भनाई छ ।

प्रदेश सहयोग कार्यक्रको मुख्य उद्घेश्य १ नम्बर प्रदेश सरकारको संरचनात्मक रिफर्म र संस्थागत क्षमता विकास गरी संघीय व्यवस्थातर्फ सफ रुपान्तरण र स्थायीत्वमा सहयोग पुर्याउनु रहेको हो । यस उद्घेश्य प्राप्तिका लागि प्रदेश सहयोग कार्यक्रले १ नम्बर प्रदेश सरकारको नीति निर्माण, व्यवस्थापकीय सुधार, प्रभावकारी कार्य सम्पादन, विश्वशनिय सेवा प्रवाह,समावेसी विकास, सुशासन प्रवद्र्घन तथा नागरिकप्रतिको जवनफदेहिता अभिवृद्घिमा सहयोग गर्ने छ ।

वित्तिय व्यवस्थापनका बारेमा समितिले यो कार्यक्रम १ नम्बर प्रदेश सरकार र स्वीटजरल्याण्ड सरकारको सहयोगमा सञ्चालन हुने जनाएको छ । पहिलो चरणकालागि स्वीटजरलयाण्ड सरकारको नेपाली रुपैयाँ १ अर्व र १ नमबर प्रदेश सरकारको २० करोड समपुरुक कोषको रुपमा लगानी रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.