२३औँ विश्व दूध दिवस : नेपालमा दैनिक ३ सय २८ मेट्रिक टन दूध अपुग

A notice in Nepali from Mechinagar Ward No. 10

१८ जेठ, काठमाडौँ : आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ रहेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको चर्चा गरिन्छ ।

दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ तारिखदेखि विश्व दूध दिवस मनाउन थालेको हो । नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले वार्षिक रुपमा ४ दशमलव ७९ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको बताउनुभएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवका अनुसार दूध उत्पादन वृद्धिसँगै उपभोक्ता तथा खपतको क्षेत्र पनि बढेको छ । जसका कारण औपचारिक क्षेत्रमा दूध अपुग भइरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दूध उत्पादन भएको थियो भने २०७४/७५ मा २० लाख ९२ हजार ४०३ मेट्रिक टन उत्पादन भएको थियो ।

तर अझै पनि दैनिक ३ सय २८ मेट्रिक टन दूध अपुग रहेको बोर्डले जनाएको छ । धुलो दूधको वार्षिक माग झण्डै तीन हजार ६ सय मेट्रिक टनदेखि चार हजार मेट्रिक टनसम्म रहेको बोर्डको तथ्याङ्क छ ।

धुलो दूध प्रतिमहिना २ सय ८३ मेट्रिक टन र बटर १ सय ३३ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.