बंगलादेशबाट मगाइएको मल नेपाल आइपुग्यो, यो वर्ष हाहाकार नहुने

A notice in Nepali from Mechinagar Ward No. 10

३ असार, विरगंज : मनसुन सुरु भएसँगै नदी छेउका सर्वसाधारणलाई ज्यान जोगाउन र किसानलाई खेती गर्न भ्याइनभ्याई छ। यही समयमा कृषि सामग्री कम्पनीलाई भने यो सिजनको धानबालीका लागि किसानलाई चाहिने रासायनिक मल जोहो गर्न दबाब बढेको छ।

गत वर्षझैँ मल नपाएर धान किसान हाहाकार भए फेरि कृषि सामग्री कम्पनी माथि आक्षेप आउने डरले कम्पनीले यो वर्ष भने धमाधम रासायनिक मलको जोहो गरिरहेको हो।

बंगलादेशबाट मगाइएको सबै मल नेपाल आइपुग्यो

नेपाल सरकारको मल आयात गर्ने आधिकारिक संस्था यो कम्पनीले तीन दिनदेखि थप १९ हजार ५ सय मेट्रिक टन रासायनिक मल युरिया नेपाल भित्र्याइरहेको छ। नेपाल सरकारले बंगलादेश सरकारसँग विना मध्यस्थकर्ता गभर्मेन्ट टु गभर्मेन्ट (जी टू जी ) प्रकृयाबाट सम्झौता गरेको ५० हजार मेट्रिक टनमध्ये दोस्रो लटको युरिया मल अहिले नेपाल भित्रिरहेको हो।

शुक्रबारसम्म बंगलादेशबाट आयात भएको सबै मल भित्रिसक्ने कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए। बंगलादेशबाट मगाइएको ५० हजार मेट्रिन टन युरिया मलमध्ये गएको जेठ अन्तिममा ३२ हजार ५ सय मेट्रिक टन आएको थियो। उसले नेपाललाई दिने भनिएको कुल ५० हजार मेट्रिक टनमा अझ २ हजार बढाई ५२ हजार मेट्रिक टन युरिया मल उपलब्ध गराइदिएको उनको भनाइ छ।

बंगलादेशको मल ८७ करोड सस्तो

जी टू जी प्रकृयाबाट नेपालले सम्झौता गर्दा सो समयमा खोलिएका अरु ग्लोबल टेण्डरको रेटभन्दा युरिया मलमा नेपाललाई कम मूल्य पर्न गई ८७ करोड फाइदा भएको कृषि सामग्री कम्पनीले जनाएको छ।

हालको मूल्य अनुसार भन्ने हो भने नेपाललाई बंगलादेशबाट मगाएको युरिया मलमा १ अर्ब २४ करोड जति सस्तो पर्न गएको सूचना अधिकारी कार्कीले तर्क गरे। अन्तर्राष्ट्रिय बजारमा मल खरिद गर्दा हुने डलरको घटबढको कारण सो समयको मल खरिदमा नेपाललाई राम्रै फाइदा पुगेको सूचना अधिकारी कार्कीले बताए।

ग्लोबल टेण्डरबाट मगाइएको युरिया पनि कोलकत्ता आइपुग्यो

यसको अलावा ग्लोबल टेण्डरबाट चीनदेखि मगाइएको ३० हजार मेट्रिक टन युरिया मल पनि भारतको कोलकत्तासम्म आई प्याकिङ हुँदै गरेको छ। यो मल पनि असारभित्रै नेपाल आइपुग्ने भएकोले गत वर्ष जस्तो धानबालीका लागि नेपाली किसानलाई युरिया मलको भने हाकाकार नहुने सूचना अधिकारी कार्कीले दाबी गरे।

जोशी बीज सप्लायर्सले टेण्डर पारी ल्याउँदै गरेको ३० हजार मेट्रिन टन युरिया मल आएपछि धानको टप क्रसिङका लागि चाहिने युरिया मलमा खासै कमी हुँदैन उनले भने। कृषि सामग्री कम्पनीसँग अहिले डिएपी ३० हजार मेट्रिक टन, युनिया २२ हजार प्लस साढे १९ हजार मेट्रिक टन र पोटास ३ हजार ५ सय मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कम्पनीले जनाएको छ।

साल्ट ट्रेडिङको चाहि अझै आइपुगेन

मल आयातको ३० प्रतिशत जिम्मा लिएको साल्ट ट्रेडिङ कर्पोरेशनले भने आफूसँग भएको १२⁄१३ हजार मेट्रिक टन युरिया मल पनि अहिले वितरण नगरी होल्ड गरेर राखेको बुझिएको छ।

यसको अलावा दुई महिना अगाडि ल्याइपुर्‍याउने भनिएको २० हजार मेट्रक टन डेलिभरी नगर्ने कम्पनीलाई पनि साल्ट ट्रेडिङले काखी च्यापरे राखेको खुलासा भएको छ। कृषि मन्त्रालयले फाष्ट ट्रयाकबाट मल ल्याउन दिएको स्वीकृत अनुसारको मलमा पनि साल्ट ट्रेडिङले खासै नदेखाएको आरोप लगाइएको छ।

आरोप लगाउनेले कृषि सामग्री कम्पनीले जस्तो साल्ट ट्रेडिङले मल आयात र वितरणमा चुस्तता नदेखाउँदा उसको पार्टोबाट चाँहि केही मल आपूर्तिमा किसानले समस्या भोग्नुपर्ने हुन सक्ने तर्क गरेको छ।

ताकेता गरिरहेका छौं : प्रन्धक जोशी

साल्ट ट्रेडिङका प्रबन्धक पंकज जोशीले भने दुई महिना अगाडि नै २० हजार मेट्रिक टन मल ल्याउने जिम्मेवारी लिएको जोशी बीज सप्लायर्सलाई ताकेता गरिरहेको दाबी गरेका छन्। यसको साथै फाष्ट ट्रयाकबाट ल्याउने भनिएको ५० हजार मेट्रिक टन मल त ल्याउने समय अझै बाँकी रहेकोले केही महिनाभित्र ल्याउने उनको भनाइ छ। बाहिर हल्ला भए जस्तो आफूहरु पनि सुस्त भने नबसेको प्रबन्धक जोशीले तर्क गरे।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.